सिटिजन्स बैंक लुट प्रकरण : ३ जना आरोपित सार्वजनिक, २१ लाख बढी लुटपाट

मोरङको कर्सियामा रहेको सिटिजन्स बैंक लुटपाटमा संलग्न ३ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । पत्रकार सम्मेलन गरेर मोरङ प्रहरीले उनीहरूलाई सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेमा विराटनगर ८ का ३२ वर्षीय श्याम मुखिया, भारतको अररिया जिल्लास्थित सेखपुरा ५ का २८ वर्षीय सुनिल यादव र गोराहा ४ का ३० वर्षीय विजय सहनी रहेका छन् । 

उनीहरूले बैंकका सुरक्षागार्डमाथि गोली प्रहार गरेर लुटपाट गरेका थिए । बैंक लुटपाट गरेर भाग्ने क्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरूको साथबाट को२५प ३८९९ नम्बरको मोटरसाईकल र कटुवा पेस्तोल समेत बरामद गरेको छ । तिनै जनालाई धनपालथान–२ खयरबना चोक नजिकबाट पक्राउ गरेको थियो । 

उनीहरूलाई नियन्त्रणमा लिनका लागि प्रहरीले गोली प्रहार गरेको थियो । सहनीको बाँया तिघ्रामा गोली लागेर घाइते भएका थिए । घाइते अवस्थामा पनि उनी भारततर्फ भाग्न खोजेका थिए । त्यही क्रममा उनलाई नियन्त्रणमा लिएको हो । रंगेली अस्पतालमा उपचारपछि उनलाई विराटनगर ल्याइएको थियो । 

सुरक्षागार्डले उनीहरूलाई रोक्न खोज्दा लुटेरा समूहले उनीमाथि गोली प्रहार गरेको थियो । गार्डमाथि नै गोली लागेपछि बैंकका कर्मचारी काउन्टर छोडेर भागेपछि उनीहरूले सहज रूपमा पैसा लगेर भागेका थिए । उनीहरूले बैंकबाट २१ लाख ७० हजार रूपैयाँ लुटेर लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको  मोरङ प्रहरीका प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिए । 

लुटेरासमूहको गोली लागेर घाइते भएका सुरक्षागार्ड रङ्गेली नगरपालिका–२ का ४० वर्षीय सितल कुमालको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।  
 





  • प्रकाशित मिति : असोज २७, २०७८ बुधबार १७:५६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया