जनकपुरधाका शक्तिपीठ राजदेवी मन्दिरमा बलि दिन सुरू

बडादशैंको आठौं दिन आज जनकपुरधामको प्रसिद्ध शक्तिपीठ माता राजदेवी मन्दिरमा बलि प्रदानको कार्यक्रम सुरू भएको छ । माता राजदेवीको मन्दिरमा निशा पूजा सम्पन्न भएलगत्तै राति ८ बजेर ५ मिनेटदेखि बलि दिन सुरू भएको हो ।  

बलि दिनका लागि हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरु दिउँसोदेखि लाइनमा लागेका छन् । बलि प्रदानको कार्यक्रम बिहान करिव ४ बजेसम्म चल्ने स्थानीय महावीर युवा कमिटीका अध्यक्ष बलराम साहले जानकारी दिए । 

बोकाबलीका लागि यसपालि ४ वटा अस्थायी ठेहा राखिएको छ । प्रत्येक ठेहाका लागि १० जनाको समूहमा स्वयंसेवक परिचालित गरिएको अध्यक्ष साहले बताए । उनले बलि प्रदान कार्यक्रमलाई व्यवस्थित बनाउन ५ सयको संख्यामा स्वयंसेवक परिचालन गरिएको जानकारी दिए । 

बोकाको लाइनसहित डोरी र व्यवस्थापनको लागि समेत प्रति ठेहा १० जना जनशक्ति खटाइएको उनले बताए । यसपालि १४ हजार भन्दा बढि रसिद काटि सकिएकोले बोकाबलीको संख्या १५ हजार भन्दा बढि रहने अनुमान गरिएको छ । 

यता, सुरक्षा व्यवस्थालाई दृष्टिगत गर्दै दशैंमा जनकपुरधाम नगरभित्र मात्र करिब १ हजार ५ सयको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरिक्षक प्रकाश रानाभाटले जानकारी दिए । 

उनले जिल्ला प्रहरी कार्यालयका १ हजार भन्दा बढि, दंगा प्रहरी गणका २ सय, सशस्त्र प्रहरीको टोली २ सय र सादा पोशाकमा पनि करिव १ सयको संख्यामा सुरक्षाकर्मी २४ सौं घण्टा परिचालित गरिएको बताए । त्यस्तै, स्पेशल टास्क फोर्सको एम्बुस टोली पनि खटाइएको एसपी रानाभाटले जानकारी दिए ।





  • प्रकाशित मिति : असोज २७, २०७८ बुधबार २०:४८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया