अल्मुताइरीले भने,- अब नेपाल कहिल्यै फर्किन्न

नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफु अब नेपाल नफर्किने बताएका छन् । नेपाल साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेसँगै पत्रकार सम्मेलन गर्दै आफु नेपाल​ नफर्किने बताएका हुन् । 

आफ्नो नेतृत्वमा नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्‍याएका प्रशिक्षक अब्दुल्लाहले फाइनल नै आफ्नो अन्तिम खेल हुने बताए ।  ‘फाइनल नेपालबाट मेरा लागि अन्तिम खेल हुनेछ । र नेपाल कहिल्यै फर्किने छैन ।’ उनले भने । 

आफूमाथि केही व्यक्ति र मिडियाले नराम्रो बनाउन खोजेको उनको आरोप छ । 'पछिल्लो तीन दिन धेरै खराब थियो । हामी हिजो अभ्यासमा थियौ र प्रि-म्याच सम्मेलनमा सहायक कोच र एक खेलाडी आएका थिए र पत्रकारले यसलाई समाचार बनायो । एउटा मिडियाले समाचार बनायो र मेरो खिल्ली उडायो। तर तपाईँले प्रशिक्षकलाई सम्मान गर्नुपर्छ।' उनले भने ।

सम्बन्धित समाचार 

अल्मुताइरीले भने,- म नोकर होइन

नेपाली फुटबल टिमलाई प्रधानमन्त्री देउवाको बधाई



नेपाललाई ऐतिहासिक सफलता दिलाएका मुख्य प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामाको घोषणा

नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा



 

  • प्रकाशित मिति : असोज २७, २०७८ बुधबार २१:३५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया