पर्वहरूको शुभकामना दिँदा कांग्रेस प्रवक्ताको आलोचना

यतिबेला दशैंको रौनक चलिरहेको छ । एक आपसमा शुभकामना आदानप्रदान गर्दै दशैंको खुसीयाली साटासाट भइरहेको छ । कतिपयले सामाजिक सञ्जालमार्फत समेत दशैंको शुभकामना दिइरहेका छन् । भने कतिपयले फोन र म्यासेजमार्फत पनि शुभकामना दिइरहेका छन् । 

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि शुभकामना दिए । तर, उनले दशैंको नभएर पर्वहरूको शुभकामना दिए । उनले कुन पर्वका लागि शुभकामना दिएका हुन भन्ने केही खुल्न सकेको छैन् । उनले सार्वजनिक गरेको भिडियो शुभकामनाको व्याकग्राउण्ड म्यूजिक भने मालश्री धुन बजेको छ ।   

पर्वहरूको शुभकामना दिँदै उनले भनेका छन्,- 'संसारमा जब हामीलाई कसैले सोध्छन् नि तिम्रो देश अरू सबै देशभन्दा के के मा फरक  ? हामीले भन्ने गरेका छौं, बुद्ध जन्मिएको देश, संसारकै अग्लो शिखर सगरमाथाको देश, वीर गोर्खाली सैनिकको देश, मिहिनेती मानिसहरूको देश, अनि गर्वले भन्ने गरेका छौं, अनेक धर्म, अनेक संस्कृति र अनेक पर्वहरूको देश, स्वदेश र विदेशमा रहनु भएका समस्त नेपाली दिदिबहिनी, दाजुभाईहरू तिनै महान पर्वहरूको हार्दिक मंगलमय शुभकामना । तर, पर्व मनाइरहँदा कोरोनाको महामारीबाट सतर्क हुन चाही नबिर्सौ । फेरीपनि शुभकामना जय नेपाल ।' 

यसरी कुन पर्वको लागि शुभकामना दिएको हो त्यो नाम नै नलिएर समग्र पर्वको शुभकामना दिँदा उनको आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा उनलाई दशैं भन्न किन डराएको भन्दै प्रश्न समेत गरेका छन् । 





  • प्रकाशित मिति : असोज २८, २०७८ बिहीबार ७:२०:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया