कोलकाता आइपिएलको फाइनलमा, दिल्ली ३ विकेटले पराजित

कोलकाता नाइट राइडर्स ईन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनल प्रवेश गरेको छ । सारजाहमा बुधबार राति भएको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गर्दै कोलकाता फाइनलमा पुगेको हो ।

दिल्लीले दिएको १३६ रनको समान्य लक्ष्य कोलकाताले १ बल बाँकी रहँदा ७  विकेट गुमाएर पूरा गर्यो । कोलकाताको जितमा भेन्कटेस अय्यरले ५५ रनको अर्धशतकीय पारी खेले । ४१ बलको सामना गरेका उनले ४ चौका र ३ छक्का प्रहार गरे ।  

यस्तै सुभमन गिलले ४६ रन जोड्दा नितिश रानाले १३ र राहुल त्रिपाटीले अविजित १२ रन बनाए । अन्य ब्याटरले दोहारो अङ्कमा रन जोड्न सकेनन् । दिल्लीका कागिसो राबडा, एन्रिच नोर्किया र रविचन्द्र आश्विनले २÷२ तथा आभेश खानले १ विकेट हात पारे ।

यस अघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १३५ रन बनाएको थियो । दिल्लीका लागि शिखर धवनले ३६ रन जोड्दा श्रेयस अय्यरले अविजित ३० रन बनाए । पृथ्वी श र मार्कुस स्टोनिसले १८/१८ रन जोडे  । 

कोलकाताका वरुण चक्रवर्तीले २, लक्की फर्गुसन र शिवम माभीले १/१ विकेट लिए । १ विकेट रन आउटका रुपमा प्राप्त भयो । उपाधिका लागि कोलकाताले अक्टोबर १५ मा चेन्नई सुपर किङ्ग्सको सामाना गर्नेछ । चेन्नई पहिलो क्वालिफायरमा दिल्लीलाई नै हराएर फाइनल पुगेको हो ।





  • प्रकाशित मिति : असोज २८, २०७८ बिहीबार ७:३०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया