खोटाङकी ८५ वर्षीया पवित्रा भट्टराई पुगिन् रारा

खोटाङ दिक्तेलकी ८५ वर्षीया पवित्रा भट्टराई पर्यटकका रूपमा रारा पुगेकी छन् । रारा ताल घुमेर फर्केका आफन्तले गरेको बयानका आधारमा उनलाई रारा तालले लोभ्याएको थियो ।  

आफन्तले रारा तालको विषयमा गरेको बयानले २ वर्ष अघि नै रारा घुम्ने रह जागेको र अहिले आएर पुरा भएको पवित्राले बताइन । ‘रारा ताल त फेवा ताल भन्दा राम्रो रहेछ,’ उनले भनिन्, ‘जीवनको उत्तरार्द्धमा स्वर्ग पुगेको महसुश भयो ।’

खोटाङबाट रारा आउनका लागि उनका छोरा विशाल भट्टराईले साथ दिएका थिए । रारा आउनका लागि उनलाई खोटाङको दिक्तेलबाट ५ दिनको जिप यात्रा गर्नु परेको थियो । जिपबाट खोटाङ–काठमाडौं–नेपालगन्ज–सुर्खेत हुँदै रारा पुगेकी हुन् । 

भट्टराई गत हप्ताको शनिबार रारा पुगेर फर्किएकी हुन् । आफुले रारा पुग्दा कर्णालीको रहनसहन रीतिरिवाज र यहाँको खानपानका विषयमा समेत जानकारी लिएकी थिइन् । ‘कहाँ सुदुर पूर्वको चलन कहाँ सुदुर कर्णालीको चलन धेरै फरक रहेछ,’ उनले भनिन्, ‘जीवनको अन्तिममा आएर यहाँको चलन सिक्ने मौका पाए ।’

रारा जति सुन्दर भएपनि रारा पुग्ने सडकले आफुलाई दुःख लागेको बताइन् । ‘रारा त सुन्दर ताल हो,’ उनले भनिन्, ‘तर, त्यहाँ पुग्ने सडक हेर्दा देशमा विकास नभएको जस्तो लाग्यो ।’

कर्णाली राजमार्गमा रहेका खाल्डाखुल्डी कच्ची बाटोले आफुलाई हैरान पारेको उनले बताइन् । रारा पुग्नलाई राजमार्गको विस्तार गरिनुपर्ने उनको भनाई छ । 





  • प्रकाशित मिति : असोज २८, २०७८ बिहीबार १०:४६:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया