अमेरिकाले इरानलाई दियो चेतावनी, कूटनीतिक माध्यमबाट नमाने शक्ति प्रयोग गर्ने

अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्कनले कूटनीतिक माध्यमबाट इरानले परमाणु कार्यक्रमको समाधान नखोजे अमेरिकाले दोस्रो विकल्प रोज्ने बताएका छन् ।

उनले यो कुरा इजरायलका विदेशमन्त्री येर लेपिडसँग भेटवार्ता गरेपछि बताएका हुन् । इजरायलमा विदेशमन्त्री अहिले अमेरिकाको भ्रमणमा रहेका छन् । 

समाचार एजेन्सी एएफपीका अनुसार ब्लिन्कनले अमेरिकासँग शक्तिको प्रयोग गर्ने विकल्प रहेको बताएका थिए । 

इरानसँगको वार्ता सफल हुने आशा राखे पनि यो विस्तारै क्षीण बन्दै गएको उनले बताए । यदि इरानले कूटनीतिक समाधान नखोजे अमेरिका दोस्रो विकल्पमा जाने उनले स्पष्ट पारेका छन् । (बिबीसी) 





  • प्रकाशित मिति : असोज २८, २०७८ बिहीबार १५:४०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया