सर्वोच्चको आदेश– रुबी खानलाई रिहा गर्नू, रिहापछि धरपकड नगर्नू

सर्वोच्च अदालतले बाँकेकी अधिकारकर्मी रुबी खानलाई रिहा गर्न आदेश दिएको छ । साथै सर्वोच्चले उनलाई रिहा गरेपछि पुनः धरपकड नगर्न पनि निर्देशन दिएको छ ।

दुई हिंसाका घटनामा प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको भन्दै दबाव दिन रुबी सहितको टोली नेपालगञ्जबाट हिँडेर काठमाडौं आइपुगेको थियो । काठमाडाैंको माइतीघरमा धर्नामा बसेकी रुबीलाई प्रहरीले पक्राउ गरी नेपालगञ्ज लगेर झुठा आरोप लगाएर थुनामा राखेको छ।

त्यसविरुद्ध अधिकारकर्मी तथा अधिवक्ता मोहना अन्सारीले हालेको बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले बिहीबार रुबीलाई रिहा गरी सर्वोच्चका सहरजिष्टारको जिम्मा लगाउन आदेश दिएको हो ।
 





  • प्रकाशित मिति : असोज २८, २०७८ बिहीबार १८:२६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया