चाडवाडमा महंगियो फलफूलको मूल्य

नेपालीहरुको महान चाड बडादसैंको बेला फलफूलको मूल्य महंगो भएको उपभोक्ताहरुले गुनासो गरेका छन् ।

काठमाडौं उपत्यकामा दसैंको नवौँ दिन (महानवमी) मा विभिन्न स्थानहरुमा फलफूल किन्न पुगेका उपभोक्ताहरुले फलफूलको मूल्य महंगो भएको गुनासो गरेका हुन् । 

काठमाडौंको वानेश्वर, पुरानो वानेश्वरलगायत प्रमुख चोकहरुमा फलफूल किन्न पुगेका उपभोक्ताहरुले दसैंको कोसेलीका लागि फलफूल सजिलो रहेको तर मूल्य अत्याधिक बढेको बताएका छन् । 

उनीहरुको फलफूलको मूल्यमा एकरुपता नभएको भन्दै सरकारले चाडबाडको मुखमा समेत बजार अनुगमन नगरेको गुनासो गरेका छन् । 

एक हप्ताअघि मात्र दुई सयमा किनेको स्याउको मूल्य २५० रुपैयाँ भन्दा बढी पुगेको उपभोक्ताहरुको गुनासो छ । सरकारी पक्षले बजार नियमन नगरिदिँदा जथाभावी मूल्य बढाएर व्यापार गरिरहेको उपभोक्ताहरु बताउँछन् ।

फलफूल व्यापारीहरुले भने चीनबाट फलफूल नआएकोले महंगो भएको बताएका छन् भने फलफूल बजार कुलेश्वरमा एउटै दरको बजार मूल्य नभइदिँदा पनि समस्या आइरहेको बताएका छन् । 



व्यापारीहरुले नेपालमा उत्पादित फलफूलले दुई महिना पनि बजार नधान्ने र बाहिरबाट सवारीसाधनहरु नआउदा केही महंगो भएको बताएका छन् । 



  • प्रकाशित मिति : असोज २८, २०७८ बिहीबार २०:१७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया