आइपीएल फाइनलः चेन्नई सुपर किङ्ग्स र कोलकाता नाइट राइडर्स भिड्दै , धोनीले रच्लान् त इतिहास ?

चौधौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल)मा आज फाइनल भिडन्त हुँदैछ । फाइनलमा चेन्नई सुपर किङ्ग्स (सिएसके) र कोलकाता नाइट राइडर्स (केकेआर) बीच हँुदै छ । 

यदी आजको खेलमा सिएसकेले जिते कप्तान महेन्द्र सिंह धोनीले नयाँ इतिहास बनाउने छन् । यसैकारण पनि धोनीको लागि आजको खेल निकै महत्वपूर्ण छ । 

केकेआरसँग खेल्न जब धोनी मैदानमा उत्रने छन् तब उनले एउटा नयाँ रेकर्ड पनि बनाउने छन् । हो, उनी आज टि–२० क्रिकेटमा ३०० औं खेलमा कप्तानको भूमिकाका मैदानमा देखिने छ । 

धोनीले सन् २००७ देखि यता हालसम्म भारतीय क्रिकेट टिम, सिएसके, इन्डियन्स, राइजिङ पुणे सुपरस्टार समेत चार टिमको कप्तान भएका छन् । उनले हालसम्म कप्तान भएर २९९ वटा टि–२० खेल खेलेका छन् । 

टि–२० क्रिकेटमा कप्तानको रुपमा उनले आज ३००औं खेल खेल्नेछन् । यो खेलसँगै उनले कप्तानको रुपमा ३००औं टि–२० खेल्ने वश्वको एक मात्र खेलाडीको रेकर्ड बनाउने छन् । 

धोनीले हालसम्म कप्तान भई खेलेको २९९ टि–२० खेलमध्ये १७६ वटामा जित निकालेका छन् भने ११८ खेलमा हार व्यहोरेका छन् । दुई खेल भने बराबरीमा टुङ्गिएका थिए । धोनीले आफ्नो नेतृत्वमा ५९.७९ प्रतिशत प्रतिस्पर्धामा नतिजा जित निकालेका छन् ।



धोनीपछि सबैभन्दा टि–२० क्रिकेटमा कप्तान हुने रेकर्ड डैरेन सैमीको छ। उनले २०८ खेलमा कप्तानको भूमिका निर्वाह गरेका छन् । विराट कोहली यो सूचीमा तेस्रो नम्बरमा छन् जो हालसम्म १८५ टि–२० खेलमा कप्तान भएका छन् । 

आइपीएलमा धोनीको अगुवाईमा सिएसकेले यसअघि तीन पटक उपाधि हात पारिसकेको छ । केकेआरले यसअघि दुई पटक आइपीएलको फाइनल जितेको छ । यस पटक सिएसकेको कमाण्ड धोनी र केकेआरको कमाण्ड इयोन मोर्गनले सम्हालेका छन् । दुवै कप्तानको आइपीएलको यस सिजनमा खासै ब्याट चलेको छैन । 



धोनीले पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्स विरुद्ध अन्तिम ओभरमा लगातार तीन चौक प्रहार गरी टिमलाई जीत दिलाएका थिए । तर मोर्गने भने दोस्रो क्वालिफायरमा खाता समेत खोल्न पाएनन् । अन्तर्राष्ट्रिय क्रिकेट नखेल्दा पनि अहिले धोनी मोर्गनभन्दा राम्रो फर्ममा रहेको केकेआरका पूर्व कप्तान गौतम गम्भीर बताउँछन् । 

‘मोर्गने प्रतियोगिताको सुरुमा नम्बर पाँचमा ब्याटिङ गर्न आएका थिए किनकी उनी फर्ममा थिएनन् । त्यसपछि उनी झन् तल झरे । यसबीचमा धोनीले अन्तर्राष्ट्रिय खेल खेलेका छैनन् । यस्तो हुँदा मोर्गन बढी फर्ममा हुनुपर्ने थियो । तर फर्मको हिसाबले धोनीभन्दा मोर्गन कमजोर देखिन्छन्,’ गौतमले भने । 

धोनीको नेतृत्वमा सिएसकेले अयअघि आइपीएलका ८ वटा फाइनल खेल खेलिसकेको छ । आज ९औं पटक खेल्ने छ । 

सिएसके र केकेआर यसअघि सन् २०१२ मा आइपीएलको फाइनलमा भिडेका थिए, जसमा केकेआरले बाजी मारेको थियो । यसपटक सिएसकेले उक्त हारको बदला लिने अवसर प्राप्त गरेको छ ।  आजको खेल जिते आइपीएलको चार वटा फाइनल जित्ने कप्तानमा धोनीको नाम रहनेछ । 

  • प्रकाशित मिति : असोज २९, २०७८ शुक्रबार १६:४४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया