बेलायतमा एक सांसदको चक्कु प्रहार गरी हत्या

बेलायतमा एक जना सांसदको चक्कु प्रहार गरी हत्या गरिएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको कन्जरभेटिभ पार्टीका सांसद  डेभिड अमिसलाई चक्कुले हानी हत्या गरिएको हो ।  

चर्चको बैठकमा सहभागी भइरहेका बेला उनीमाथि चक्कु प्रहार गरिएको थियो । प्रहरीका अनुसार पूर्वी लण्डनमा यो घटना भएको हो । 

चर्चमा आफ्नो क्षेत्रका मतदातासँग कुराकानी गरिरहेका बेला उनीमाथि चक्कु प्रहार भएको थियो । ६९ वर्षका अमिस कन्जरभेटिभ पार्टीका पुराना राजनेता थिए । 

बेलैमा एम्बुलेन्स घटनास्थलमा आएको भए पनि उनलाई बचाउन भने नसकिएको प्रहरीले जनाएको छ । घटना लगत्तै एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

बेलायतमा सांसदमाथि पटक पटक आक्रमण हुँदै आएको छ । सन् २०१६ को जुनमा पनि लेबर पार्टीका सांसद जो काक्सलाई  चक्कु प्रहार गरी हत्या गरिएको थियो । 
 





  • प्रकाशित मिति : असोज २९, २०७८ शुक्रबार २०:४३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया