आमरण अनसनरत रुवी खान अस्पताल भर्ना

नौं दिनदेखि आमरण अनसनमा रहेकी रुबी खान अस्पताल भर्ना भएकी छन् । उनलाई शनिबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो । 

बाँकेको नवानी गाउँकी नकुन्नी धोबी र परस्पुरकी निर्मला कुर्मीको मृत्यु घटनाको अनुसन्धान चिक्तबझु्दो नभएको भन्दै बाँकेका ११ महिलासहित १४ जना न्याय खोज्दै २० दिन पैदल हिँडेर काठमाडौं आएका थिए । 

काठमाडौं आएर माइतीघरमा अनसन बसेकी रुबीलाई प्रहरीले पक्राउ गरी बहुविवाहको मुद्दा लगाएर नेपालगञ्ज नै लगेको थियो । तर उनी सर्वोच्चो आदेशमा दुई दिनअघि रिहा भएकी हुन् । उनले अनसन भने जारी राखेकी थिइन् । 

श्वासप्रश्वासमा समस्या हुनुका साथै शरीरमा पानीको मात्र कम भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । 

अस्पताल जानु अघि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आफूहरुलाई धम्की आइरहेको भन्दै सुरक्षाको ग्यारेन्टी गर्न माग गरेकी छन् । 





  • प्रकाशित मिति : असोज ३०, २०७८ शनिबार १७:५९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया