गोरखा केन्द्रबिन्दु भएर गयो ४.३ रेक्टरको परकम्प

गोरखाको मानबु आसपास केन्द्रविन्दु भएर आज बिहान भूकम्पको परकम्प गएको छ । 

बिहान ४ बजेर ९ मिनेटमा ४.३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

यो नयाँ भूकम्प नभई गोरखा भूकम्पकै परकम्प भएको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए। 

परकम्पको धक्काको महशुस भई स्थानीय बासिन्दा घर बाहिर निस्किएका थिए । भूकम्पको धक्का छिमेकी जिल्लामा समेत महशुस गरिएको थियो ।
 





  • प्रकाशित मिति : असोज ३१, २०७८ आइतबार १२:३३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया