प्रदेश १ का मुख्यमन्त्री भिम आचार्यले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा सुटुक्क दर्ता गराएका छन् ।
कात्तिक ५ गते सम्मलाई अधिबेसन स्थगित भएपछि असोज २५ गते सुटुक्क विश्वासको मत लिने प्रस्ताव दर्ता गराएका हुन् ।
उनले प्रमुख स्वकीय अनिल राज धामी र स्वकीय लोकेश निरौला मार्फत प्रस्ताव दर्ता गराएका हुन् ।
प्रमुख प्रतिपक्षी र विपक्षीहरुले विश्वासको मत नलिएर सत्ता लम्ब्याउन खोजेको भन्दै कडा विरोध गरिरहेका बेला आचार्यले आफू संविधान र नियमावली भन्दा माथि नरहेको भन्दै समयमै प्रस्ताव दर्ता गरेको बताए ।
उनले भने हामीले समयमै प्रस्ताव दर्ता गरेका छौ । मतदानको कुरा संसदको विजनेस हो ।
प्रदेश १ को अधिबेसन असोज २४ गते सुचना टाँस गरेर कात्तिक ५ गतेसम्मका लागि स्थगित भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।