झाडापखाला लाग्दा कसरी जोगिने ?

अहिले कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं.७, ८ र ९ मा झाडापखाला तथा बान्ताको प्रकोप चलिरहेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रकोप नियन्त्रणमा रहेको दाबी गरे पनि त्यहाँ दुई सातामा झाडापखाला तथा बान्ताका कारण तीन जना बालबालिकासहित चार जनाको मृत्यु भइसकेको छ । 

यही असोज १८ गतेबाट सुरु भएको झाडापखाला तथा बान्ताको प्रकोपबाट ८८५ जना संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ८१९ जना निको भएको मन्त्रालयले जनाएको छ । स्थानीयको दिसाको नमुना परिक्षण गर्दा हैजाको जिवाणु देखिएका छन् । 

विश्वका अन्य देशमा झाडापखाला तथा बान्ताका कारण कमैको मात्र ज्यान जाने गरेको छ । तर नेपालमा भने वर्षेनी यसले कयौंको ज्यान लिएको पाइन्छ । त्यसो हो भने झाडापखाला तथा बान्ताको प्रकोपबाट कसरी जोगिने त ? 

झाडापखाला लाग्दा शरीरको पानी खेर जाने हुनाले जल विनोयोजन अर्थात शरीरमा पानीको मात्र कम भएर मृत्युसम्म हुनसक्छ । यसकारण यस्तो बेला जीवनजल अपरिहार्य हुन्छ । त्यसैले घरमा जीवनजलको एक–दुई प्याकेट सधै राखेको राम्रो । 

झाडापखाला भएमा १ लिटर सफा पिउने पानीमा १ प्याकेट जीवनजल घोलेर पटकपटक खानुपर्छ । जीवनजलले शरीरमा पानीको मात्रा कम हुन दिदैन र शरीरलाई चाहिने इनर्जी पनि प्रदान गर्छ । यसले कमजोर हुनबाट पनि जोगाउँछ । 



यसको अलवा झाडापखालाबाट बच्न खाना बनाउन वा खाना खानुअघि साबुन पानीले मिची मिची हात धुनु पर्छ । राम्ररी पाकेको खाना मात्र खाने तथा बासी वा सडेगलेको खानेकुरा खानु हुँदैन । पानी उमालेर वा क्लोरीन प्रयोग गरेर मात्र पिउने गर्नुपर्छ । यस्तै खुला रुपमा दिसा पिसाब नगर्ने र दिसा पिसाब गरिसकेपछि साबुन पानीले अनिवार्य मिची मिची हात धुने गर्नुपर्छ । 



  • प्रकाशित मिति : असोज ३१, २०७८ आइतबार १६:१४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया