दशैं बिदापछि खुलेको सेयर बजार आइतबार उकालो लाग्यो

दशैं बिदापछि खुलेको सेयर बजार आइतबार उकालो लागेको छ । पाँच दिनको दसैं बिदापछि खुलेको सेयर बजार आइतबार १७ दशमलव ५९ अंकले उकालो लागेको हो । 

२६६५ अंकसम्म पुगेको बजार बीचमा २६२५ अंकसम्म  ओर्लिएर सुध्रिँदै अन्ततः २६५६.९७ अंकमा पुगेर बन्द भएको छ । 

आइतबार दुईसय १९ कम्पनीको सेयर किनबेच भएको छ भने ४७ लाख ६० हजार २९५ कित्ता सेयर कारोबार भएको छ । 

आइतबार कुल एक अर्ब ४९ करोड ७३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

बजारमा एकसय १३ कम्पनीको सेयर मूल्य बढेको छ भने ६१ कम्पनीको घटेको छ । सो दिन म्युचुअल फन्डबाहेक अरु सबै उपसूचक बढेका छन् । 

निर्जीवन बीमा कम्पनी १२२.४७ अंकले बढेको छ । जीवन बीमा कम्पनी ११२.६३, होटल तथा पर्यटन १०५.१८ अंकले बढेका छन् । म्युचुअल फन्ड भने ओरालो लागेको छ । 



आइतबार सबैभन्दा धेरै चन्द्रागिरी हिल्स्, हिमालयन ऊर्जा, घलेम्दी हाइड्रो, कामना सेवा विकास र प्रुडेन्सियल इन्स्योरेन्सको सेयर मूल्य बढेको छ । 



  • प्रकाशित मिति : असोज ३१, २०७८ आइतबार १६:४०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया