धनुषामा दशैं अवधिमा ३३ सवारी दुर्घटनाः ३ जनाको मृत्यु, ५४ घाइते

धनुषामा दशैं अवधिमा ३३ वटा सवारी दुर्घटना भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार असोज २१ देखि ३० गतेसम्मको अवधिमा ३३ सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । 

दशैंको दश दिनको अवधिमा ५२ वटा सवारी साधन दुर्घटनामा परेका थिए । ती दुर्घटनामा २४ जना गम्भीर घाइते भएका छन् भने ३० जनालाई सामान्य चोटपटक लागेको छ । 

यस अवधिमा एउटा ट्रक, एउटा जीप, ३ वटा ट्याक्टर, ४ वटा टेम्पो, ३७ वटा मोटरसाइकल र ६ वटा साइकललगायतका सवारी साधनहरु दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए । 





  • प्रकाशित मिति : असोज ३१, २०७८ आइतबार १७:३३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया