पोखरामा नियन्त्रित लागूऔषध सहित २ जना पक्राउ

कास्कीको पोखरा महानगरपालिका–१३ बाझापाटनबाट नियन्त्रित लागूऔषधसहित दुई जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३७ वर्षीय अर्जुन गुरुङ र ३५ वर्षीय विनोद विक रहेका छन् । 

उनीहरुको साथबाट १४ एम्पुल डाईजापाम, १४ एम्पुल फेनारगन, १४ एम्पुल नुर्फिन र नगद २६ हजार ५ सय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । 

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनीहरूको साथबाट उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 





  • प्रकाशित मिति : असोज ३१, २०७८ आइतबार १८:१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया