सोमबारबाट नेपालको मौसम प्रभावित हुनेः तराइ–पहाडमा हावाहुरीसहित भारी वर्षा, उच्च पहाडी–हिमाली क्षेत्रमा हिमपात

मौसम पूर्वानुमान महाशाखाले केहि दिन नेपालको मौसम प्रभावित हुने बताएको छ । 

हाल बंगालको खाडी तथा मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणालीहरू र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण नेपालको मौसम प्रभावित हुने महाशाखाले जनाएको हो । 

महाशाखाका अनुसार हाल देशको अधिकांश भू–भागमा सामान्य बदली रहि बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ। 

सोमबार  र मंगलबार विशेष गरी लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरूका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरी सहित भारी वर्षा हुने महाशाखाले बताएको छ । 

महाशाखाका अनुसार मंगलबार प्रदेश १ का स्थानहरूमा हल्का देखि भारी वर्षा ​हुनेछ । बाकी प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । 

बुधबार प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र थोरै स्थानहरुमा मेघ गर्जन,चट्याङ्ग, हावाहुरी सहित भारी वर्षा हुनेछ । बाँकी प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । 



‘उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हिमपातको पनि संभावना रहेको छ । तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिई सजग रहनु हुन अनुरोध छ । विशेषतः यात्रा तथा कृषि कार्य गर्दा सजक रहनुहोला,’ महाशाखाले भनेको छ । 

महाशाखाले मौसम प्रणालीहरूलाई निरन्तर अनुगमन गरिरहेको र सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्दै जाने जनाएको छ।



  • प्रकाशित मिति : असोज ३१, २०७८ आइतबार १९:१५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया