कांग्रेसलाई नयाँ अवस्थामा ल्याउन सभापतिमा उम्मेदवारीः उपसभापति निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले हिमाल, पहाड र तराईबासी बीचको भावनात्मक सम्बन्धलाई जोड्नका लागि आफूले सभापतिमा उम्मेदवारी घोषणा गरेको  बताएका छन् । 

आइतबार धनुषा निर्वाचन क्षेत्र नम्बर १ को धनुषाधाममा विजयादशमीको उपलक्ष्यमा आयोजित शुभकामना आदान प्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै निधिले हिमाल र पहाडका साथीहरुले नेपाली कांग्रेसको सभापतिमा आफूलाई हेर्न चाहिरहेको बताए । 

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा आफूलाई सभापतिमा समर्थन गर्न उनले आग्रह समेत गरे । निधिले भने, ‘केन्द्रीय सभापतिका लागि उम्मेदवारी दिँदैछु । 

निर्वाचन क्षेत्रबाट समर्थनका लागि सबैसँग अनुरोध गर्न आएको छु । सभापति बनेर देश र जनताको सेवा गर्ने इच्छा छ, तपाईंहरुको समर्थन चाहेको हुँ ।’ 

उनले कांग्रेसलाई नयाँ अवस्थामा ल्याउन सभापतिमा उम्मेदवारीको घोषणा गरेको बताए । 

‘पुरानो होइन कांग्रेसलाई म नयाँ अवस्थामा ल्याउन चाहेको छु । संघीयता र गणतन्त्रको रक्षा गर्नसक्ने कांग्रेस बनाउन चाहेको छु । देशमा कांग्रेसको सरकार बनाउन चाहेकोले सभापति बन्न चाहेको छु,’ निधिले भने । 



बिपी कोइरालाले २४ वर्षकै उमेरमा आफूलाई नेविसंघको केन्द्रीय सभापति बनाएको स्मरण गर्दै निधिले बिपीको त्यो विश्वासलाई डगमगाउन नदिएको दाबी गरे ।



  • प्रकाशित मिति : असोज ३१, २०७८ आइतबार १९:४७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया