भारतको केरलामा बाढीमा परी २१ जनाको मृत्यु

भारतको दक्षिणी राज्य केरलामा बाढीमा परी मर्नेको संख्या २१ पुगेको छ । 

केरलाको सबैभन्दा बढी प्रभावित जिल्ला कोट्टायममा १३ जनाको मृत्यु भएको छ । 

बर्षा कम भएलगत्तै सशस्त्र बल र एनडीआरएफको टिमले उद्धार कार्यलाई तिब्रता दिएका छन् । बाढीमा परी ९ जना वेपत्ता भएको केरलाका राजस्व मन्त्री राजन केले बताएका छन् । 

इडुक्की जिल्लामा उद्धारकर्ताले आज थप चार जना शव भेट्टाएको उनले जनाए । 

‘यदि वर्षा रोकिएन भने सर्तक रहनुहोला,’ मुख्यमन्त्री पिनराई विजयनले भनेका छन् । 

यसअघि सन् २०१८ मा भारी वर्षपछि केरलामा बाढी आएको थियो । त्यतिबेला राज्यका १४ मध्ये १३ जिल्ला प्रभावित भएका थिए जहाँ लगभग ५ सय मानिस मरेका थिए । 
 





  • प्रकाशित मिति : असोज ३१, २०७८ आइतबार २०:५०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया