एसियन कप छनोटका लागि नेपाली यू–२३ टोली घोषणा

एएफसी यू–२३ एसियन कपको छनोट चरणका लागि २३ सदस्यीय नेपालीे टोली घोषणा भएको छ ।

प्रशिक्षक बालगोपाल महर्जनले आइतबार भर्खरै सम्पन्न च्याम्पियनसिपको उपविजेता बनेको सिनियर टोलीका ६ खेलाडीलाई पनि समेट्दै यु–२३ टोली घोषणा गरेका हुन् ।  
साफ खेलेका डिफेन्डरद्वय सुमन अर्याल र गौतम श्रेष्ठसँगै मिडफिल्डरहरु नितिन थापा, सुरज ज्यु ठकुरी र आयुष घलान तथा फरवार्ड मनिष डाँगीले यू–२३ टोलीमा स्थान बनाएका हुन् । 

यसबाहेक सिनियर टोलीको अनुभव लिइसकेका राजन गुरुङ, सेसेहाङ आङदेम्बे, एरिक विष्ट, अभिषेक रिजाल र दर्शन गुरुङ पनि टोलीमा छन् ।

अक्टोबर २५ देखि ३१ सम्म हुने एएफसी यु–२३ एसियन कप छनोटको समूह ‘बी’ मा नेपाल, ताजकिस्तान, इरान र लेबनान छन् ।  

नेपालले अक्टोबर २५ मा इरान, अक्टोबर २८ मा ताजिकिस्तान र अक्टोबर ३१ मा लेबनानसँग प्रतिस्पर्धा गर्नेछ ।

एएफसीले प्रतियोगिताको छनोटमा सहभागी ४१ टोलीलाई ११ समूहमा विभाजन गरेको छ । प्रत्येक समूहका विजेताले सिधै मुख्य प्रतियोगितामा स्थान बनाउने छन् ।



उपविजेतामध्ये उत्कृष्ट ४ टोलीले पनि एएफसी यू–२३ एसियन कप खेल्न पाउने छन् । मुख्य प्रतियोगिता सन् २०२२ को जुन १ देखि १९ सम्म उज्बेकिस्तानमा हुनेछ । 

नेपालले हालसम्म एएफसीको यू–२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको छैन । पछिल्लो दुई संस्करणमा नेपाली टोली जितविहीन हुँदै छनोटबाट घर फर्केको थियो । दुवै संस्करणमा नेपालले गोल गर्न पनि सकेको थिएन ।



२३ सदस्यीय नेपाली टोली :

गोलरक्षक– विशाल सुनार, अर्पण कार्की, अभिषेक बराल

डिफेन्डर– गौतम श्रेष्ठ, सुमन अर्याल, राजन गुरुङ, रन्दिप पौडेल, अभिषेक लिम्बु, शिव गुरुङ

मिडफिल्डर– आयुष घलान, नितिन थापा, सुरज ज्यु ठकुरी, सेसेहाङ आङदेम्वे, एरिक विष्ट, अनिल महर्जन, राजीव लोप्चन, शिशिर लेखी, आकाश बुढामगर, रोशन पहारी

फरवार्ड– दर्शन गुरुङ, मनिष डाँगी, अभिषेक रिजाल, ऋतिक कुमार खड्का
 

  • प्रकाशित मिति : कात्तिक १, २०७८ साेमबार ७:१२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया