नेकपा एकीकृत समाजवादीले झलनाथ खनाललाई बनायो सम्मानित नेता

नेकपा एकीकृत समाजवादी पार्टीले ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । 

केही दिनअघि अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशन अपानीमा स्थायी कमिटी र पोलिटब्यूरो तथा केन्द्रीय कमिटीलाई विस्तार गरि कार्य विभाजन तोकिएको छ ।

यो कार्यविभाजनमा अब झलनाथ खनाललाई सम्मानित नेताको पदीय हैसियत दिइएको छ । यसअघि उनलाई नेकपा एकीकृत समाजवादीले वरिष्ठ नेताको पदीय हैसियत दिएको थियो ।

खनाललाई विदेश विभाग प्रमुखको जिम्मेवारी पनि दिइएको छ ।

त्यस्तै, नेकपा एकीकृत समाजवादीले अन्य नेताहरुको पनि जिम्मेवारी छुट्ट्याएको छ । 





  • प्रकाशित मिति : कात्तिक १, २०७८ साेमबार १०:१६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया