छोटो दुरीका सार्वजनिक यातायातमा बढेको भाडादर आजदेखि लागु भएको छ । छोटो दुरीका सार्वजनिक यातायातमा बाग्मती प्रदेश सरकारले बढाएको भाडा आज (सोमबार)देखि लागू भएको हो ।
प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले तोकेको नयाँ भाडादर अनुसार काठमाडौं उपत्यकामा सार्वजनिक यातायातको न्युनतम भाडा १८ रुपैयाँ रहेको छ ।
नयाँ भाडादर अनुसार अब सर्वसाधारणले सार्वजनिक यातायातमा न्युनतम ५ किलोमिटरका लागि चढ्नासाथ १८ रुपैयाँ भाडा तिर्नुपर्नेछ । त्यसपछि १० किलोमिटरसम्म २३ रुपैयाँ, १५ किलोमिटरसम्म २७ रुपैयाँ, २० किलोमिटरसम्म ३० रुपैयाँ र २० किलोमिटरभन्दा माथि ३५ रुपैयाँ भाडा तोकिएको छ ।
यस्तै १५ केजीसम्मको भारी निशुल्क र त्यसमाथि १० केजीसम्म प्रतिकेजी ५ रुपैयाँका दरले सरसामान वा गुन्टा लैजान पाउनेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।