अविरल वर्षाले कालिकोटमा भित्र्याउन लागेको धानबालीमा क्षती

आइतबारबाट सुरु भएको वर्षाले कालिकोटमा पाकेर भित्र्याउनै लागेको धानबालीमा  क्षती  पुर्याएको छ । 

अविरल रूपमा परेको बेमौसमी पानी तथा हावा हुरीले जिल्लाको खाँडाचक्र नगरपालिका– ५ दाहाँ, रास्कोट, चिल्खाया लगायतका विभिन्न क्षेत्रमा काटेको र पाक्नै लागेको धानबालीमा  क्षति गरेको हो । 

धान काटेर खेतमा सुकाउन फिँजाएर राखेको बेला अनपेक्षित वर्षाका कारण बढी क्षति भएको गुनासो स्थानीय कृषकहरूको छ । 

दुईदिन अघिसम्म टन्टलापुर घाम लाग्दा किसानले पाकेको धान काटेर सुकाएका थिए । अहिले अविरल वर्षाहुँदा फिँजाएर राखेको धान पानीमाथि तैरिएको छ । वर्षा बन्द नभए काटेको धान कुहिएर जानेमा किसानहरू चिन्तित छन् । 

जिल्लामा झन्डै ५ देखी १० प्रतिशत धानबाली स्याहार्ने अवस्थामा पुगेको छ । एकाएक मौसममा बदली भई आइतबार बेलुकी देखी नै निरन्तर रुपमा बर्षा र हावाहुरी समेत चलिरहेकाले कार्तिक महिनाको पहिलो हप्तामा पाक्ने धानमा बढी क्षति पुगेको जिल्ला कृषि विकास कार्यालय कालिकोटले जनाएको छ ।  





  • प्रकाशित मिति : कात्तिक १, २०७८ साेमबार १५:३८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया