पश्चिम बंगालमा बिजेपी नेता मिथुनको गोली लागि मृत्यु

भारतीय जनता पार्टी (बिजेपी)को पश्चिम बंगालका उत्तर दिनाजपुर जिल्लाका युवा मोर्चाका उपाध्यक्ष मिथुन घोषको गोली लागि मृत्यु भएको छ । यो घटनाको उनको घर अगाडि भएको हो । 

प्रहरले गोली लापरवाहीले गर्दा लागेको बताएको छ । मिथुनको परिवारले भने तृणमुल कांग्रेसको संरक्षणमा रहेका असामाजिक तत्वले उनको हत्या गरेको आरोप लगाएको छ । 

परिवारले तृणमुल कांग्रेसमाथि आरोप लगाएसँगै यो मुद्दामा राजनीतिक विवाद तिव्र बनेको छ । प्रहरीले यस घटनामा संलग्न रहेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । 

गोली लागि घाइते भएका मिथुनलाई तुरुन्तै रायगन्ज मेडिकल कलेज अस्पताल लगिएको थियो । अस्पताल लग्ने वित्तिकै उनलाई डाक्टरले मृत घोषणा गरेका थिए । 
 





  • प्रकाशित मिति : कात्तिक १, २०७८ साेमबार १६:५१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया