साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली फुटबल खेलाडीलाई जनही पाँच लाख, प्रशिक्षकलाई तीन लाख दिइने

सरकारले साफ च्याम्पियनसिप प्रतियोगितामा उपविजेता बनेको नेपाली राष्ट्रिय टिमका खेलाडीलाई जनही पाँच लाख रुपैयाँ दिने घोषणा गरेको छ । 

टिमका प्रशिक्षकलाई जनही तीन लाख रुपैयाँ दिने पनि सरकारले घोषणा गरेको छ । 

आज बसेको मन्त्रिपरिषद्को बैठकले खेलाडी र प्रशिक्षकलाई उक्त रकम दिने घोषणा गरेको हो । 

‘साफ च्याम्पियनसिप प्रतियोगितामा उपविजेता भएको नेपाली फुटबल खेलाडीहरुलाई प्रति खेलाडी पाँच लाख रुपैयाँ र प्रशिक्षकलाई तीन लाख रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय आज बसेको मन्त्रिपरिषद्को बैठकले गरेको छ,’ सरकारका प्रवक्ता तथा सञ्चार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । 





  • प्रकाशित मिति : कात्तिक १, २०७८ साेमबार १७:२७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया