प्रधानमन्त्री देउवा जलवायु परिवर्तन सम्बन्धि सम्मेलनमा सहभागी हुन बेलायत जाने

प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तन सम्बन्धि सम्मेलनमा सहभागी हुन बेलायत जाने भएका छन् । 

बेलायतको ग्लासगोमा जलवायु परिवर्तन सम्बन्धि वर्ल्ड लिडर समिट अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म हुँदैछ । उनी सोही सम्मेलनमा सहभागी हुन जान लागेका हुन् । 

‘प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा ग्लास्कोमा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी वर्ल्ड लिडर समिटमा सहभागि हुने प्रतिनिधि मण्डल गठन गर्ने निर्णय आज बसेको मन्त्रिपरिषद्को बैठकले गर्नेछ,’ सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । 

ग्लासगो सम्मेलनमा सहभागी हुन विश्वका प्रमुख नेताहरु आउने जनाइएको छ । विश्वभर जलवायु परिवर्तनले प्रभाव पारिरहेको बेला हुन लागेको ग्लासगो जलवायु परिवर्तन सम्बन्धि बैठकलाई सबैले चासोका साथ हेरेका छन् । 

सम्मेलन आयोजना गर्न लागिएको स्थल ग्लासगो समुद्रसँग जोडिएको सहर जुन जलवायु परिवर्तनका कारण समुद्री सतह बढ्दा जोखिममा परेको छ । ग्लासगो स्कटल्याण्डको सबैभन्दा बढी जनसंख्या भएको सहर हो भने बेलायतको चौथो ठूलो जनसंख्या भएको सहर हो । 





  • प्रकाशित मिति : कात्तिक १, २०७८ साेमबार १७:४४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया