मोहम्मद जयन्तीको अवसरमा भोली मुस्लिम समुदायलाई सार्वजनिक विदा

सरकारले कात्तिक २ गते मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ । 

आज बसेको मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्ती १४९६ को अवसरमा मुस्लिम समुदायलाई कात्तिक २ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो । 

‘मोहम्मद जयन्ती १४९६ अवसरमा कात्तिक २ गते मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय आज बसेको मन्त्रिपरिषद्को बैठकले गरेको छ,’ सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । 





  • प्रकाशित मिति : कात्तिक १, २०७८ साेमबार १७:५३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया