एनआरएनएको महाधिवेशनको वातावरण तयार गर्ने जिम्मेवारी अध्यक्ष पन्तलाई

गैरआवासीय नेपाली संघ (एनआरएनए)को ८० औं अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठकले महाधिवेशनको वातावरण तयार गर्न अध्यक्ष कुमार पन्तलाई जिम्मा दिने निर्णय गरेको छ ।  

बैठकले संघको १० औं कार्यसमितिको निर्वाचन तथा महाधिवेशन आगामी नोभेम्बर ३० तारिख भित्र गर्ने वातावरण मिलाउने निर्णय गरेको छ । 

‘सो निर्वाचनलाई तोकिएको समयमा व्यवस्थित रुपमा सम्पन्न गर्न परराष्ट्र मन्त्रालय लगायत बिभिन्न सरोकारवालाहरुसँग छलफल गरि महाधिवेशनको वातावरण तयार गर्न अध्यक्ष कुमार पन्तलाई जिम्मा दिने निर्णय गरेको छ,’ एनआरएनएद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 

बैठकले गैरआवासीय नेपाली संघको विधानको धारा १३ को उपधारा २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिनाको लागि थप गर्ने निर्णय गरेको छ । 

बैठकले संघको महाधिवेशन प्रतिनिधिहरुको सम्बन्धमा आएका गुनासालाई सम्बोधन गर्न संघका पूर्वअध्यक्षहरुसँगको परामर्शमा टिओआर सहित एक स्वतन्त्र समिति गठन गर्ने र सो समितिको सुझावको आधारमा आएका प्रतिनिधिहरुको नामावलीलाई निर्वाचन समितिमा पठाउने निर्णय गरेको छ ।  

‘गैरआवासीय नेपाली संघको महाधिवेशन प्रतिनिधिहरूका सम्बन्धमा आएका गुनासालाई सम्वोधन गर्न संघ सक्षम रहेको र संघको मुल्य, मान्यता र गरिमालाई उच्च राख्न छिटो भन्दा छिटो महाधिवेशन सम्पन्न गरि नेतृत्व हस्तान्तरण गर्न वर्तमान कार्यसमिति प्रतिबद्ध रहेको जानकारी गराइन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।





  • प्रकाशित मिति : कात्तिक १, २०७८ साेमबार १८:४८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया