स्पष्टिकरणको चित्तबुझ्दो जवाफ नदिएका खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल बर्खास्त

सरकारले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाललाई बर्खास्त गरेको छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सदस्यसचिव सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले सदस्यसचिव सिलवालले यसअघि सोधिएका स्पष्टिकरणको चित्तबुझ्दो जवाफ नदिएकाले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

यसअघि सिलवाललाई खेलकुद मन्त्रालयमार्फत् दुई पटक स्पष्टिकरण सोधेको थियो । 

तर, उनले दिएको जवाफ चित्तबुझ्दो नभएको मन्त्रिपरिषद् बैठकले निष्कर्ष निकालेको छ । 

२०७६ साल असारमा पहिलो पटक खेलकुद परिषद्मा सदस्यसचिव नियुक्त भएका सिलवाल दोस्रो पटक गत साउनमा सदस्यसचिव नियुक्त भएका थिए । उनी नेकपा एमाले अध्यक्ष केपी ओलीनिकट मानिन्छन् ।

यसअघि १३ औं दक्षिण एशियाली खेलकुद आयोजना गर्दा नेतृत्व दिएका सिलवालले व्यापक अनियमितता गरेको आरोप लाग्ने गरेको छ ।





  • प्रकाशित मिति : कात्तिक १, २०७८ साेमबार १९:५०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया