नारायणी नदीको पुलबाट हाम्फालेका व्यक्ति बेपत्ता
फाइल तस्वीर ।

चितवन र नवलपुर जोड्ने नारायणी पुलबाट हाम फालेर एकजना बेपत्ता भएका छन् । 

नवलपुरको गैंडाकोटबाट पुलतिर आएका अन्दाजी ५५ वर्षका पुरुषले पुलको बीचबाट नदीमा हाम्फालेका थिए । प्रहरीका अनुसार उनको खोजी सुरु भएको छ । 

तर, अहिलेसम्म उनी फेला परेका छैनन् ।

उनी नदीमा हाम्फाल्नुको कारण पनि अझै खुलेको छैन ।

नारायणी नदीको बहाव हिजोबाट झन् बढेकाले उनलाई खोजी कार्य भए पनि सफलता पाउन नसकिएको प्रहरीले जनाएको छ । 

नदीमा हाम्फाल्नुअघि यी पुरुषले पुलमाथि टोपी, गन्जी र २ हजार ३ सय नगद छोडेका थिए ।





  • प्रकाशित मिति : कात्तिक १, २०७८ साेमबार १९:५५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया