नेपाल सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाललाई बर्खास्त गरेको छ ।
मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले राखेप सदस्य सचिव सिलवालको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै बर्खास्त गरेको हो ।
सरकारले सिलवाललाई यसअघि दुई पटक स्पष्टिकरण सोधेको थियो । सिलवालको जवाफ चित्त बुझ्दो नदेखिएको भन्दै सरकारले बर्खास्तको निर्णय गरेको हो ।
पहिलो पटक २०७६ असार २३ गते सदस्य सचिव नियुक्त भएका सिलवाल गत वर्ष असार १८ गते नयाँ ऐनको कार्यान्वयनसँगै पदमुक्त भए पनि केही समयपछि खुल्ला प्रतिस्पर्धाबाट पुन ः नियुक्त भएका थिए ।
तत्कालिन केपी ओली नेतृत्वको सरकारको पालामा सिलवाल दोस्रो पटक सदस्य सचिवमा नियुक्त भएका थिए ।
ओली नेतृत्वको सरकारले २०७७ साउन २३ गते सिलवाललाई दोस्रो पटक चार वर्षका लागि नियुक्त गरेको थियो । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार उनी नियुक्त भएका हुन् ।
खुल्ला प्रतिस्पर्धामा लीलबहादुर थापा र अन्जु श्रेष्ठलाई पछी पार्दै सिलवाल सदस्य सचिवमा नियुक्त भएका हुन् ।
सिलवालको नेतृत्वमा नेपालले २०७६ मंसिर १५ देखि २४ सम्म १३ औं दक्षिण एसियाली खेलकुद आयोजना गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।