अमेरिकी पूर्वविदेशमन्त्री कोलिन पावेलको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणपछि उनकाे मृत्यु भएको हो । उनी ८४ वर्षका थिए ।
पावेलको मृत्यु भएको पुष्टी उनको परिवारले फेसबुक मार्फत गरेका छन् । पावेल विदेशमन्त्री हुने पहिलो अश्वेत नागरिक हुन् ।
क्यान्सरका विरामी पावेललाई कोरोना संक्रमण भएपछि उनको शरीरको प्रतिरक्षा प्रणाली कमजोर भएको, जसका कारण मृत्यु भएको उनको परिवारले जनाएका छन् ।
‘हामीले हामीलाई माया गर्ने पति, पिता र हजुरबुबा गुमाएका छौं,’ पावेलको परिवारले फेसबुकमा लेखेका छन् ।
पावेलले लामो समय अमेरिकी सेनामा पनि काम गरेका थिए । उनले भियतनाम युद्ध र गल्फ युद्धमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनी जर्ज डब्लु बुस राष्ट्रपति हुँदा सन् २००१ मा अमेरिकी विदेशमन्त्री भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।