के एप्पल साइडर भेनेगरले मोटोपन घटाउँछ ?

हामीले खाने खानामा जति मसालाको प्रयोग गरिन्छ, ति सबैमा केही न केही औषधीय गुण हुने विश्वास गरिन्छ । भेनेगर हामीले खानेकुरामा स्वादका लागि धेरै प्रयोग गरिन्छ । धेरै रोगहरुको औषधिको रुपमा समेत लिने गरिन्छ । 

प्रत्येक व्यक्तिको साथमा भेनेगरसँग जोडिएको केही न केही जादुको कहानी रहेको छ । 

भेनेगर विभिन्न प्रकारका हुन्छन् । तर स्याउको भेनेगर सबैभन्दा धेरै फाइदाजनक रहेको मानिन्छ । इतिहासमा समेत भेनेगरका विभिन्न कथाहरु पाइन्छन् । 

ग्रीसका एक चिकित्सक हिप्पोक्रेट्स खान्सीले आगोबाट जलेर घाइते भएका मानिसलाई भेनेगर पानी पिउन दिन्थे । 

सन् १३४८ मा युरोपमा फैलिएको महामारी प्लेग का विरामीलाई इटलीका चिकित्सक टोमासो डेल गार्बोले भेनेगरले हातमुख धुन सल्लाह दिएका थिए । 

भेनेगरले कुनै पनि किसिमको संक्रमण वा इन्फेक्शन रोक्न मद्दत गर्ने मानिन्छ । प्राचीन समयको रोमन साम्राज्यदेखि आजसम्म भेनेगरको प्रयोग स्थानीय मदिराहरुमा पनि गरिदै आइएको छ । 



रोमका सैनिक देखि मोर्डन खेलाडी तिर्खा मेटाउन समेत भेनेगरेको प्रयोग गर्ने गर्छन् । यसको फाइदाका पक्षमा धेरै कथाहरु पाइन्छन् । 

एक अध्ययनका अनुसार खाना खाएपछि भेनेगरको प्रयोग गरेमा यसले रगतमा ग्लुकोजको मात्रा सन्तुलित राख्छ । डाइबिटिजको बिरामीलाई खानापछि २० मिलिलिटर स्याउको भेनेगर खुवाएर हेर्यो भने आधा घण्टामा सुगरको मात्रा सन्तुलित हुन्छ । 



भेनेगरले मोटोपन कम गर्न समेत मद्दत गर्छ । एक रिसर्चका अनुसार जापानमा मोटोपन घटाउन १५५ जना मानिसलाई १५ देखि ३० मिलिलिटर भेनेगर दैनिक पिउन सल्लाहा दिइएको थियो ।  

साथै उनीहरुको तौल, शरिरको छाला र ट्राइग्लिसराइड्स समेत नापिएको थियो । भेनेगरको प्रयोग पछि उनिहरु तौल धेरै कम भएको पाइएको थियो । 

मोटोपनसँग सम्बन्धित एक रिसर्च मुसामा गरिएको थियो । जसमा भेनेगरको प्रयोगबाट रक्तचाप र पेटको बोसो घटाउनमा धेरै सहयोग मिलेको थियो । 

मानिसहरुमा यसप्रकारको अनुसन्धान निकै थोरै भएको पाइन्छ । भेनेगरबाट मानिसलाई हुने फाइदाको विषयमा जान्नका लागि अझै धेरै अनुसन्धानको आवश्यक छ । तर पनि भेनेगरबाट मानव जीवनलाई धेरै फाइदा पुग्ने इतिहास देखि आजसम्म स्पष्ट नै छ । 

आवश्यकता भन्दा बढी प्रयोग गरेमा मात्रै यसले हामीलाई नोक्सान पुर्याउँछ । साथै यसलाई काँचको भाँडामा राखेर प्रयोग गरेमा फाइदा नै फाइदा पुग्ने मानिन्छ । तर यसलाई हरेक रोगको रामवाण सम्झनु भने गलत हो । 
 

  • प्रकाशित मिति : कात्तिक १, २०७८ साेमबार २१:१०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया