भारतको केरलामा केही दिन यता परेको अविरल वर्षाका कारण कम्तिमा पनि २६ जनाले ज्यान गुमाएका छन् । दर्जनौँ बेपत्ता छन् र लाखौँ घरबारविहिन भएका छन् ।
यही दुखद घटनाबीच पनि त्यहाँको एक समाचार अहिले भारतमा निकै चर्चित भएको छ ।
त्यो हो— एक जोडीको विवाह । पेशाले स्वास्थ्यकर्मी यो जोडीले एउटा देक्चीमा बसेर विवाह गर्ने ठाउँसम्म पुगेको माथिको तस्वीर अहिले भाइरल भएको छ ।
उनीहरुले यसरी विवाह स्थलमा पुगेर विवाह गरेका थिए । कोभिड १९ का कारण आफूहरुले निकै कम आफन्तजन विवाहमा बोलाएको बताएको यो जोडीले पहिले आफूहरु विवाह गर्ने ठाउँमा पानी नभरिएको तर विवाहको दिन त्यहाँ पानी भरिएपछि यस्तो उपाय लगाएको बताएको छ ।
यो जोडी यसअघि नै अदालतमा विवाह गरिसकेको जोडी हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।