इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा आर्सनल र क्रिष्टल प्यालेसले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
खेलको इन्जुरी समयमा आर्सनलका एलेक्जेन्डर लाकाजेटीले गोल गर्दै आर्सनललाई १ अंक दिलाएका हुन् ।
खेलको ८औं मिनेटमा पिएर एमरिक औबामियाङको गोलबाट आर्सनलले अग्रता लिएको थियो ।
पहिलो हाफमा १–० ले पछि परेको क्रिष्टल प्यालेसका लागि ५०औं मिनेटमा क्रिष्टियन बेन्टेकेले बराबरी गोल फर्काए ।
खेलको ७३औं मिनेटमा उड्सन इट्वार्डले गोल गरेपछि क्रिष्टल २–१ ले अघि बढ्यो । तर दोस्रो हाफको इन्जुरी समय अर्थात ९५ औं मिनेटमा लाकाजेटेले गोल गर्दै आर्सनललाई हारबाट जोगाए ।
बराबरीपछि ८ खेलबाट ११ अंक जोडेको आर्सनल १२ औं स्थानमा छ भने ८ अंक जोडेको क्रिष्टल प्यालेस १४औं स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।