हाइपरसोनिक मिसाइल परीक्षण गरेको छैन : चीन

चीनले परमाणु क्षमतासहितको हाइपरसोनिक मिसाइल परीक्षण गरेको भन्ने समाचारको खण्डन गरेको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले एक परीक्षण भएको तर त्यो हाइपरसोनिक मिसाइल परीक्षण नभएको बताएका छन् । उनले मिसाइल परीक्षणसम्बन्धी फाइनान्सियल टाइम्सको रिपोर्ट गलत भएको बताए । 

सो रिपोर्टपछि अमेरिकाको हाउस आम्र्ड सर्भिसेज कमिटिका सदस्य अमेरिकी कंग्रेसका प्रतिनिधि माइक गैलाघेरले चीन यसैगरी अघि बढेमा अमेरिकाले एक दशकमा चीनसँगको शीतयुद्धमा पराजित हुने भन्दै तत्कालै गम्भीर कदम चाल्नुपर्ने बताएका थिए ।

अमेरिकाका रक्षा सचिव लोयर अस्टिनले अमेरिकाले चीनको सैन्य प्रोद्योगिकीमा भएको विकासको निरन्तर निगरानी गरिरहेको बताएका छन् । 
 





  • प्रकाशित मिति : कात्तिक २, २०७८ मंगलबार ७:३७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया