चोटका कारण नेयमारले लाइप्जिगविरुद्धको खेल गुमाउने

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमारले च्याम्पियन्स लिग अन्तर्गत आरबी लाइप्जिगविरुद्धको खेल गुमाउने भएका छन् ।

चोटको कारण नेयमारले जर्मन क्लबविरुद्धको खेल गुमाउने भएका हुन् । ब्राजिलियन नेयमार विश्वकप छनोटका दौरान उरुग्वेविरुद्धको खेलमा घाइते भएका थिए । 

क्लबले सोमबार नेयमारले च्याम्पियन्स लिगको खेल गुमाउने पुष्टि गरेको हो । पिएसजीले मंगलबारराति घरेलु मैदानमा लाइप्जिगको समान गर्दैछ ।

पिएसजी २ खेलमा ४ अंक जोडेर समूह ‘ए’ को शीर्ष स्थानमा छ । पुछारमा रहेको लाइप्जिगले अंक जोड्न सकेको छैन । 
 





  • प्रकाशित मिति : कात्तिक २, २०७८ मंगलबार ७:४१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया