के बागमती प्रदेशमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत पाउने सम्भावना छ ?

नेकपा एमालेको विधिवत विभाजनभन्दा केही दिनअघि मात्रै बागमती प्रदेशमा मुख्यमन्त्री पदको सपथ लिएकी अष्टलक्ष्मी शाक्य अहिले नेकपा एमालेमा छिन् ।

पार्टी विभाजनअघि उनले माधवकुमार नेपाललाई साथ दिएकी थिइन् । तर, एकाएक मुख्यमन्त्री भएपछि शाक्यले नेकपा एमाले छानिन् ।

उनी मुख्यमन्त्री भइसकेपछि नेकपा एमाले विभाजन भएकाले अब उनले विश्वासको मत लिनु पर्ने बाध्यता रहेको छ ।

उनले यही साताभित्र मुख्यमन्त्री पदका लागि विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था रहेकाले यही साता उनले विश्वासको मत लिनेछिन् ।

तर, के उनले विश्वासको मत पाउने सम्भावना रहेको छ त ? 

प्रदेशको अंकगणित हेर्ने हो भने यो सम्भावना रहेको छैन ।



बागमती प्रदेशमा १०९ सदस्य रहेका छन् । त्यसैले बहुमतका लागि कम्तिमा पनि ५५ सांसदको साथ चाहिन्छ । तर, अहिले सत्तारुढ एमालेसँग ४३ जना मात्र सांसद रहेका छन् ।

तर, विपक्षी गठबन्धनसँग बागमती प्रदेशमा ५९ जना सांसद रहेका छन् । 



बागमतीमा माओवादी केन्द्रका २३, कांग्रेसका २२ र नेकपा एकीकृत समाजवादीका १३ जना सांसद रहेका छन् । त्यस्तै, जनता समाजवादी पार्टीका एक जना सांसद रहेका छन् ।

प्रदेशमा विवेकशील साझाका ३, नेमकिपाका २, राप्रपाका २ जना सांसद रहेका छन् ।

विपक्षी गठबन्धनका चार दल बाहेक अरु सबैले मुख्यमन्त्री शाक्यलाई विश्वासको मत दिएको खण्डमा उनीसँग बहुमत पुग्ने छैन । त्यसैले बागमती प्रदेशको मुख्यमन्त्री पदबाट अष्टलक्ष्मी शाक्यको बर्हिगमन निश्चित छ ।

अब बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीका राजेन्द्र पाण्डे मुख्यमन्त्री हुने सम्भावना बलियो छ । कांग्रेसले पनि मुख्यमन्त्रीमा आफ्नो दाबी नछोड्ने बताएको छ ।
 

  • प्रकाशित मिति : कात्तिक २, २०७८ मंगलबार १०:३७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया