नेप्सेमा मंगलबार पनि पहिरो

सेयर बजार परिसूचक नेप्सेमा मंगलबार पनि पहिरो गएको छ । बजारमा सुरुदेखि नै पहिरो जाँदा १०० अंकसम्म घटेको थियो । 

पछि आएर अलिकति बजार सम्हालिएर ७७ अंकको गिरावटसहित २५१० अंकमा बन्द भएको हो । 

मंगलबार २२१ कम्पनीको ३ अर्ब ७८ करोड ३४ रुपैयाँको सेयर कारोबार हुँदा ९५ लाख ७५ हजार कित्ता सेयर किनबेच भएको छ । 

बाणिज्य बैंक समूह ५१.६६ अंकले घटेको छ । जीवन बीमा समूह ४२८ अंकले झरेको छ भने निर्जीवन बिमा ३१४ अंकले तल आएको छ । 

मंगलबार सबैभन्दा बढी नबिल बैंक र एनसीसी बैंकको संस्थापक सेयर कारोबार भएको छ । नबिलको मात्रै ११ करोड १२ लाख रुपैयाँको कारोबार भएको छ ।





  • प्रकाशित मिति : कात्तिक २, २०७८ मंगलबार १७:३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया