logo-img

किसानलाई राहत दिन सरकारसँग प्रचण्डको आग्रह

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि सहायता कोष खडा गरी बाढी तथा पहिराबाट प्रभावित किसानलाई राहत दिन सरकारसँग आग्रह गरेका छन्। 

आज एक विज्ञप्ति जारी गर्दै उनले बाढी र पहिराबाट सबैभन्दा बढी किसान प्रभावित भएको जनाउँदै उनीहरुलाई तत्काल राहत र क्षतिपूर्ति दिन आग्रह गरेका हुन्। 

धानवाली थन्काउने बेलामा आएको अविरल वर्षाका कारण किसानका धानलगायत बालीनालीको ठूलो क्षति भएको छ । धान काटेर सुकाइएका खेतमा बाढी पसेपछि ठूलो मात्रामा धान नष्ट भएको छ । 

अध्यक्ष दाहालले बाढीपहिरोमा फसेका नागरिकको उद्धार र राहत, घाइतेको निःशुल्क स्वास्थ्योपचार, बिचल्लीमा परेका नागरिकको खानपान र बसोबासको व्यवस्था मिलाउन पनि अनुरोध गरेका छन्।



अध्यक्ष दाहालले विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन्। 


उनले बाढीपहिरोमा परी बेपत्ता भएकाको यथाशीघ्र खोजीका लागि स्थानीय, प्रदेश र संघका सुरक्षालगायत सबै सरकारी निकाय, स्थानीय स्वयम्सेवी, विभिन्न संघसंस्था, व्यक्ति, युवा र पार्टीका नेता तथा कार्यकर्तामा विशेष आग्रह गरेका छन्। 


 



  • प्रकाशित मिति : कात्तिक ३, २०७८ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया