नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहको उद्देश्य र एउटै गन्तव्य नेकपा एमाले सकाउने भएको बताएका छन् ।
उनले तर यो सम्भव नभएको बताएका छन् ।
नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयेजक कमिटीको प्रथम बैठकमा ओलीले यस्तो बताएका हुन् ।
उनले दुई वटा रौँ झरेर चुल्ठो भन्ने गरिएको पनि बताएका छन् । उनले माधवकुमार नेपालले खोलेको पार्टी कम्युनिस्ट सकाउन भएको बताएका छन् ।
‘नेकपा एमाले स्पष्ट उद्देश्य भएको पार्टी हो,’ उनले भनेका छन्, ‘नेपालमा यस्ता अरु कुनै पार्टी छैनन् ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।