नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले मात्र स्पष्ट खाका भएको पार्टी भएको बताएका छन् ।
उनले देश विकासका लागि स्पष्ट खाका भएको पार्टी पनि नेकपा एमाले मात्र भएको बताएका छन् ।
‘चुनौति छ,’ उनले भने, ‘तर, त्यसको सामाना गरेर अगाडि हामी बढ्छौँ ।’
उनले अरु पार्टी अहिलेको साँठगाँठ टुट्ला भन्ने डरमा भएको पनि बताएका छन् । नेकपा एमाले बाग्मती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकमा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
उनले नेपालमा भएका अरु पार्टीले टाढा हेर्ने दृष्टिकोण पनि बनाउन नसकेको बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।