बाढी पहिरोमा परेर देशभर ४८ जनाको मृत्यु, ३१ जना बेपत्ता

आइतबारदेखि परेको अबिरल वर्षापछि आएको बाढी पहिरोमा परेर देशभर ४८ जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालयको तथ्यांक अनुसार ११ जिल्लामा बाढी पहिरोमा परेर ४८ जनाको मृत्यु भएको हो । 

गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेका अनुसार ३१ जना बेपत्ता भएका छन् । बाढी पहिरोका कारण २३ जना घाइते भएका छन् । 

बाढी र पहिरोमा परेर इलाममा ११ जनाको मृत्यु भएको छ । त्यस्तै डोटीमा ९ जना, धनकुटा, हुम्ला र पाँचथरमा ६÷६ जना, बैतडीमा ४ जना, सुनसरीमा २ जना, डडेल्धुरामा १ जना, कालिकोटमा १ जना , प्युठानमा १ जना र उदयपुरमा १ जनाको मृत्यु भएको छ । इलाम र डोटीमा सबैभन्दा बढी मानवीय क्षति भएको छ । 

त्यस्तै बझाङमा २३ जना, इलाममा ५ जना, प्यूठानमा २ जना र डोटीमा १ जना गरी ३१ जना वेपत्ता भएको पाण्डेले बताइन् । 

सात जिल्लामा २३ जना घाइते भएका छन् । बाढी र पहिरोका कारण विभिन्न जिल्लामा ठूलो आर्थिक क्षति पुगेको छ । बाढी पहिरोमा परेकाहरूको उद्धार तथा खोजतलास कार्य जारी रहेको गृह मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : कात्तिक ३, २०७८ बुधबार १४:२२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया