अबको चुनावमा एमालेकाे मात्रै बहुमत ल्याउँछः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको चुनवामा नेकपा एमालेले मात्र बहुमत ल्याउने बताएका छन् ।

बागमती प्रदेश महाविधेशन आयोजक कमिटीको प्रथम बैठकमा सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले अबको चुनावमा एमालेले मात्र बहुमत ल्याउने बताएका हुन् ।

‘हाम्रै केही साथीहरु पनि बेलाबेलामा कसैले पनि बहुमत नल्याउने भन्दै हुनुहुन्छ,’ ओलीले भनेका छन्, ‘तर, उहाँहरु गलत हुनुहुन्छ ।’

उनले अरु कुनै पार्टीले बहुमत ल्याउन नसके पनि आफूहरुले निकै धेरै मत ल्याउन सकिने बताएका हुन् । 

‘हामीले यति धेरै काम गरेका छौँ कि जता हेर्यो, त्यतै हामीले काम गरेको देखिन्छ,’ ओलीले भनेका छन् ।






  • प्रकाशित मिति : कात्तिक ३, २०७८ बुधबार १४:५०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया