नेकपा एमालेमा अब माधवकुमार नेपाललाई नो इन्ट्रीः ओली
फाइल तस्वीर ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई कुहिएको आलुको संज्ञा दिएका छन् । अनि उनले अब नेकपा एमालेमा माधवकुमार नेपाललाई कुनै इन्ट्री नभएको पनि बताएका छन् ।

बागमती प्रदेशको महाधिवेशन आयोजक कमिटीको प्रथम भेलामा सम्बोधन गर्दै ओलीले विश्वको राजनीतिको इतिहासमा माधवकुमार नेपालले लज्जित र निर्लज्ज काम गरेको बताएका छन् ।

उनले यसअघि वामदेव गौतमले पार्टी बनाउनु र अहिले नेपालले पार्टी बनाउनु फरक भएको भन्दै अब माधवकुमार नेपाललाई एमालेमा कुनै इन्ट्री नभएको पनि बताएका छन् ।

उनले अब पार्टी एक भएकाले यसअघिको १० बुँदेको कुनै औचित्य पनि नभएको बताएका छन् ।

उनले माधवकुमार नेपालको पार्टीमा गएका अरु सबैलाई एमालेमा स्थान दिने भए पनि अब माधवकुमार नेपाललाई कुनै इन्ट्री नभएको बताएका छन् ।

उनले अबको चुनावमा नेपालको कुनै अस्तित्व नहुने पनि बताएका छन् ।





  • प्रकाशित मिति : कात्तिक ३, २०७८ बुधबार १५:२१:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया