मन्त्रिपरिषद् बैठकले बाढी–पहिरोबाट ज्यान गुमाउनेको परिवारका लागि दुई लाख रुपैयाँ दिने निर्णय गरेको छ।
सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत उक्त निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिएका छन् ।
बाढी–पहिरोबाट प्रभावितलाई घर बनाउन हिमाली जिल्लामा पाँच लाख, पहाडमा चार लाख र तराईमा तीन लाख उपलब्ध गराउने निर्णय भएको गृहमन्त्री खाँणले बताए।
सरकारले बाढी–पहिरोबाट विस्थापित भएकाहरुका लागि अस्थायी बसोबासका लागि तत्काल ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
बैठकले राहत तथा उद्धारलाई प्रभावकारी बनाउन राज्यका सबै संयन्त्र प्रयोग गर्ने निर्णयसमेत गरेको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।