पाल्पाको रम्भा गाउँपालिका–१ का वडा सदस्य हुमबहादुर सिञ्जालीको डेंगुका कारण निधन भएको छ । उपचारका क्रममा ५७ वर्षीय सिञ्जालीको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा निधन भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि मिसन अस्पताल तानसेनमा उपचाररत सिञ्जालीलाई मंगलबार अस्पतालले डेंगु रोग लागेको जानकारी दिएपछि थप उपचारका लागि गौतमबुद्ध सामुदायिक मुटु अस्पताल लगिएको थियो ।
मंगलबार साँझ उपचारका क्रममा उनको निधन भएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए ।
सिञ्जालीको बुधबार कालीगण्डकीस्थित करौदी खोलाघाटमा दाहसंस्कार गरिएको छ ।
वडा सदस्य सिञ्जालीको निधनमा दुःख व्यक्त गर्दै गाउँपालिकाले बुधबार पालिका कार्यालय तथा वडा कार्यालयमा शोक बिदा दिएको छ ।
सिञ्जाली गत स्थानीय तहको चुनावमा नेकपा (एमाले)बाट वडा सदस्यमा निर्वाचित भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।