कन्सर्टमा बंगाली गीत गाउँदा शानमाथि हमला

नयाँदिल्ली– असमको गुवाहटीमा लाइभ कन्सर्टका लागि पुगेका गायक शानमाथि हमला भएको छ । उनीमाथि स्टेजमै हमला भएको हो । 

प्रस्तुतिका क्रममा शानले बंगाली गीत गाउन सुरु गरेपछि उनीमाथि हमला भएको थियो । उनले बंगाली गीत गाउन सुरु गरेलगत्तै कन्सर्ट हर्न जम्मा भएकाहरूले ठुल्ठूलो आवाजमा चिच्याउँदै यो असम भएकाले बंगाली गीत नगाउन भनेका थिए ।  

सामाजिक मिडियामा भाइरल भएको भिडियोमा कन्सर्टमा उपस्थित एकजनाले उनीमाथि ढुंगा र कागजले प्रहार गरेको देखिन्छ । विवाद बढ्दै गएपछि निराश भएर शानले बीचमै कन्सर्ट छाडेका थिए । 

उनीमाथि कुनै भौतिक क्षति भने पुगेको छैन ।

घटनापछि कार्यक्रम आयोजकले शानसँग माफी मागेको छ र कन्सर्टमा हुलदंगा गर्नेविरुद्ध कडा कारबाही गर्ने चेतावनी दिएको छ । 

कन्सर्ट छाडेर गएका शानले केही समयपछि सञ्चारकर्मीसँग भने, ‘एक कलाकारसँग राजनीति गर्नु राम्रो होइन, कलाजस्तो स्वच्छ विषयमा पनि राजनीति हुनु गलत कुरा हो ।’ 





  • प्रकाशित मिति : कात्तिक १३, २०७५ मंगलबार १७:७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया